Bundesministerium für wirtschaftliche Zusammenarbeit und Entwicklung (BMZ)/Welthungerhilfe को सहयोगमा Aasaman Nepal द्वारा सन्चालित उत्थान (UTTHAN) परियाेजना अन्तर्गत डाक्नेश्वरी नगरपालिकाले विश्व स्तनपान सप्ताह मनाएकाे छ ।
डाक्नेश्वरी नगरपालिकाकाे चौथो नगरसभामा आ. व. २०७६/७७ काे लागि चालु र पुंजिगत तर्फ २८,८१,४०,०००। र सर्शत तर्फ १८,५६,००,०००। गरि कुल ४७,३७,४०,०००। काे बर्षिक बजेट नीति तथा कार्यक्रम पेश भएकाे छ । सभाले प्रस्तावित बर्षिक बजेट नीति तथा कार्यक्रम २०७६।०३।२७ गते छिनाेफानाे गर्नेछ ।
डाक्नेश्वरी नगरपालिकाकाे सभाहल, पाताेमा नगर भित्र पूर्ण सरसफाई तथा शाैचालय प्रयाेग गर्न लगाउन तथा अन्य कमी कमजाेरीहरूलाई सुधार गर्न सम्बन्धी र नगर भित्रका दलित महिलाहरुकाे क्षमता अभिबृधी कार्यक्रम सम्पन्न भएकाे छ ।
बालविवाह अन्त्यका लागि सामाजिक परिचालन तथा रणनीति याेजना अन्तर्गत सामुदायिक परिवार कल्याण संध, जनकपुर र डाक्नेश्वरी नगरपालिकाकाे समन्वयमा पाताे बजार (हाट) मा सम्पन्न भएकाे छ । उक्त जानकारीमुलक कार्यक्रममा नगरपालिका कर्मचारी, वडाभरीका जनप्रतिनिधि, नगर भित्रका विद्यालयका शिक्षक-शिक्षका र विद्यालयका विद्यार्थीहरू र हाट गर्ने स्थानिय जनताकाे अन्तरक्रियात्मक उपस्थिति रहेकाे थियाे ।
मिति २०७६-०२-१२ गते डाक्नेश्वरी नगर सभाहल पाताेमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निजी, सहकारी तथा गैर सरकारी क्षेत्रसंग समेत समन्वय र सहकार्य गरी ती क्षेत्रहरुमा थप रोजगारीका अवसर सिर्जना गर्न सम्भावित क्षेत्रहरू पहिचानका लागि अन्तरक्रिया डाक्नेश्वरी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत श्री सुवर्ण घिमिरे, दश वटै वडाका वडा अध्यक्ष र सचिव विच सफल भएकाे छ ।