Welthungerhilfe Nepal/ Bundesministerium für wirtschaftliche Zusammenarbeit und Entwicklung (BMZ) को सहयोगमा आसमान नेपाल द्वारा संचालित उत्थान परियोजना (UTTHAN PROJECT) अन्तर्गत १० वटा वडाका ८१ महिला समुदाय स्वास्थ्य स्वयंसेवीका हरूलाई करेसाबारी सम्बन्धी एक दिने तालिम सम्पन्न भएकाे छ ।
यस नगरपालिका अन्तर्गत वडा नं. ३ स्थित तरही श्री जनता माध्यमिक विद्यालयमा बार्षिक शिक्षक–अभिभावक भेल २०७६ आयोजना गरिएको थियो । उक्त कार्यक्रममा आ.ब. २०७४।०७५, २०७५।०७६ र हिरक जयन्तीको आय र व्यय पेस गरिएको थियो ।
प्रथम नगर स्तरीय मेयर भलिवल कप र दोस्रो प्रदेश स्तरीय मेयर भलिवल कप सम्पन्न भएको छ । नगर तर्फ नगरका आठै वडा लाई पछी पार्दै डाक्नेश्वरी नगरपालिका वडा नंं. ३, तरही र डाक्नेश्वरी नगरपालिका वडा नंं. १, कविलासा क्रमशः फाईन विजेता र उप विजेता भएको छ । विजेताले ३१ हजार रुपैया, मेडल, प्रमाण पत्र र कप जितेको हो । उप विजेताले कविलासाको टिमले २१ हजार रुपैया, मेडल, प्रमाण पत्र र कप जितेको हो ।