मुख्यमन्त्रि तथा मंत्रिपरिसदको कार्यालय, प्रदेश नं. २ को अभियान 'बेटी पढाउ बेटी बचाऊ' अन्तर्गत डाक्नेश्वरी नगरपालिकामा यही माघ ६ र ७ गते क्रमस: पातो र कविलासा विद्यालय केन्द्र राखी सम्पन्न भएको छ । पातो केन्द्र अन्तर्गत डाक्नेश्वरी नगरपालिका वडा नं. ३, ४, ५, ६ र ८ र कविलासा केन्द्र अन्तर्गत डाक्नेश्वरी नगरपालिका अन्तर्गत वडा नं. १, २, ७, ९ र १० का जम्मा २७६ सहभागी २०७५|१०|०१ देखि जन्मेका सम्पूर्ण छोरीहरुको विमा गरिएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको आर्थिक वर्ष २०७५।०७६ को आयव्यय सम्बन्धी सार्वजनिक सुनुवाई तथा पाँचौ नगर सभामा सम्पन्न भएको छ ।
संघीय सांसद सप्तरी क्षेत्र नम्बर ३ का सांसद चन्द्रकान्त चौधरीले पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उद्घाटन २८ गते गर्नु भएको थियो । कार्यक्रमको अध्यक्ष डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख शिवनारायण साहले गर्नु भएको थियो ।