समाचार
'बेटी पढाउ बेटी बचाऊ' शिविर सम्पन्न ।
मुख्यमन्त्रि तथा मंत्रिपरिसदको कार्यालय, प्रदेश नं. २ को अभियान 'बेटी पढाउ बेटी बचाऊ' अन्तर्गत डाक्नेश्वरी नगरपालिकामा यही माघ ६ र ७ गते क्रमस: पातो र कविलासा विद्यालय केन्द्र राखी सम्पन्न भएको छ । पातो केन्द्र अन्तर्गत डाक्नेश्वरी नगरपालिका वडा नं. ३, ४, ५, ६ र ८ र कविलासा केन्द्र अन्तर्गत डाक्नेश्वरी नगरपालिका अन्तर्गत वडा नं. १, २, ७, ९ र १० का जम्मा २७६ सहभागी २०७५|१०|०१ देखि जन्मेका सम्पूर्ण छोरीहरुको विमा गरिएको छ ।
यस कार्यक्रममा सम्पूर्ण वडाका काम, जन्म दर्ता बनाउने, सिफारीस गर्ने जस्ता सम्पूर्ण को व्यवस्थाका लागी वडा प्रशासन र जनप्रतिनिधि टोलीको उक्त ठाउँ मै मिलाईएको थियो । नगरपालिकाको समन्वयमा संचालन गरिएको उक्त शिविरमा प्रदेश र जिल्लाको 'बेटी पढाउ बेटी बचाऊ' अभियानको संयोजकत रहेको थियो । साथै यस अभियानको वित्तय पार्टनरको रुपमा प्रभु बैंकको टोली उक्त शिविरमा राखी स्थलगत खाता खोल्ने व्यवस्था मिलाई सहज बनाइएको थियो ।