समाचार
सार्वजनिक सुनुवाई तथा पाँचौ नगर सभा !
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको आर्थिक वर्ष २०७५।०७६ को आयव्यय सम्बन्धी सार्वजनिक सुनुवाई तथा पाँचौ नगर सभामा सम्पन्न भएको छ ।
संघीय सांसद सप्तरी क्षेत्र नम्बर ३ का सांसद चन्द्रकान्त चौधरीले पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उद्घाटन २८ गते गर्नु भएको थियो । कार्यक्रमको अध्यक्ष डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख शिवनारायण साहले गर्नु भएको थियो ।
कार्यक्रममा सहभागिहरुको तर्फबाट कृषिमा लगानी, बजेट पादर्शिता, उपभोक्ता समिति गठनमा सुदृढिकरण भएको विकासीय कामकाजको सशक्त रुपमा अनुगमन गर्नुपर्ने, कार्यालयमा समयमा कर्मचारीहरुको उपस्थिति हुनुपर्ने मुद्दाहरु पर्ने कुराहरुमा सहभागिहरुले प्रश्न उठाएका थिए ।
आर्थिक वर्ष २०७५।०७६ को आयव्यय विवरण प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाको १० वटै वडाका वडाध्यक्ष, वडा सदस्य, विभिन्न पार्टीका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा सचिव, स्वास्थ्य संस्थाका प्रमुख, विभिन्न स्थानीय संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । दोश्रो दिन बिषयगत शाखाले आ–आफ्नो प्रगतिको प्रस्तुती गरेका थिए ।
सहभागिहरुले सोधेको प्रश्नको उत्तर डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख शिवनारायण साह तथा प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले दिनुभएको थियो । कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाका अधिकृत उमेश प्रसादले गर्नु भएको थियो भने कार्यक्रममा २ सय ५० जना भन्दा बढी जनसहभागिता रहेको थियो । कार्यक्रम २९ गते पनि सञ्चालनमा रहने छ ।
यस समापनलाई नगरसभाको उद्घाटन शत्र मानिएको छ र बन्द शत्र माघ केही समयका लागी स्थगित गरिएकाे छ ।