समाचार
वडा नं. १
कविलासा वडा नं. १ डाक्नेश्वरी नगरपालिकाको पातो–कठौना रोडको पश्चिम भागमा पर्दछ । वि.सं. २०७३ सालमा नगरपालिका स्थापना भएसंगै साविक कविलासा वडा नं. १ देखि ९ अन्तर्गत रहेको गाउँ टोल कविलासा, मधवापुर, मधुवनी र बलाटी पर्दछ । यस वडाको क्षेत्रफल ५.९१ वर्ग कि.मी रहेको छ । जनगणना २०६८ अनुसार यस वडामा ३,९३६ जनसंख्या रहेको छ ।
यस वडाको उत्तर तर्फ बनौला वडा र शम्भुनाथ गनरपालिका, पश्चिम तर्फ हरिराहा २ नं. वडा र बोदे बर्साइन नगरपालिका, दक्षिण तर्फ ५ नं. वडा पातो तथा पूर्व तर्फ वडा नं. ७ ब्रहमपुर पर्दछ । पातो कठौना सडक अन्तर्गत रहेको अमरलत्ति चौकबाट ३ कि.मी. पश्चिममा पर्दछ ।
यस वडामा एउटा स्वास्थ्य चौकी, एउटा प्राथमिक विद्यालय र एउटा माध्यमिक विद्यालय संचालनमा रहेको छ । किनबेचका लागि कविलासा स्कूल प्राङ्गणमा हटिया लाग्ने गरेको छ । मठ मंदिरका रुपमा कविलेश्वर महादेवको मन्दिर अवस्थित छ ।
यस वडामा थारु, यादव, साह, मण्डल, कामी, दमाई, मुसहर, मुस्लिम आदि रहेका छन् । यस वडामा मख्य तयाः मानिसहरु कृषिमा निर्भर छन् ।