FAQs Complain Problems

संक्षिप्त परिचय

परिचय:</br>सप्तरी जिल्लाको मध्य दक्षिण भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने यस नगरपालिका वि.सं. २०७३ सालको फाल्गुन २७ गते पातो बजारमा केन्द्र राखी ९ वटा साविकका गा.वि.स.हरू मिलेर नगरपालिकाको स्थापना गरिएको हो । पातो बजार अवस्थित शक्तिपीठ डाक्नेश्वरी भगवती माताका नामले यसको नामाकरण गरिएको हो । साविकका ९  गा.वि.स. हाल १० वडा, कविलासा, हरिराहा, तरही, भुतही, पातो, औरही, ब्रहमपुर, गम्हरिया प्रवाहा, पत्थरगाडा र बनौला वडामा विभाजन गरिएको हो । यस नगरपालिका कुल क्षेत्रफल ६९.११ वर्ग कि.मी. र जनगणना २०७८ अनुसार ४७,७३९ (जसमध्ये महिला २४,०४९ र पुरुष २३,६९०) जनसंख्या रहेको छ ।

भौगोलिक:
सप्तरी जिल्लाको ९ नगरपालिका मध्ये एक डाक्नेश्वरी नगरपालिका हो । यस नगरपालिका पूर्ण तराईमा रही भारतसंग दक्षिणी भागले सिमाना जोडेको छ । पश्चिमी भागमा बादे बर्साइन नगरपालिका, पूर्वी भागमा बेल्ही चपेना (हाल राजगढ) गाउँपालिका, खडग नगरपालिका, शम्भुनाथ नगरपालिका र रूपनी गाउँपालिका उत्तरी भागमा रहेको छ । राजविराजबाट २० कि.मी. पश्चिम–दक्षिण, कठौनाबाट १५ कि.मी. दक्षिणमा यस नगरपालिकाको कार्यपालिका अवस्थित छ ।
यस नगरका जुडी, खडग, सितुवाही, थलहा, कजरा लगायतका नदीहरू र कोशी नहर र पम्प नहरले यस नगरपालिकाका वडाहरू र अरू नगरपालिकाहरू संग सिमा बनाएको छ ।

आर्थिक:
यस नगरका अधिक्तम जनता कृषक छन् । साथै यस नगरपालिकाको अर्थतन्त्र भारतीय सिमानाबाट आयात निर्यातले पनि तोकेको छ । यहाँका जनता माछापालन, कुखुरापालन, पशुपालनमा आत्मनिर्भर पनि रहेको छ । यहाँ सहकारी तथा वित्तीय संस्थाका रूपमा श्रृजना फाइनेन्स लि., ग्लोबल बैंक लि., स्वावलम्बन, साना किसान, आईडियल सहकारी लगायतका रहेका छन् ।
यस नगरमा हाट बजारका ?पमा पातो, पत्थरगाडा, तरही, ब्रहमपुर, बनौला, सखुवा र अमरलत्ति हटिया रहेका छन् ।

यातायात:
डाक्नेश्वरी नगरपालिकाका मुख्य द्वारकारूपमा कठौना–पानो सडक रहेको छ । यस पालिकाबाट बसद्वारा पातो – राजविराज, पातो – जनकपुर, पातो – काठमाण्डौ, पातो – सिरहा, पातो – विराटनगर जानको लागि व्यवस्था छ ।

स्वास्थ्य:
यस डाक्नेश्वरी नगरपालिका अन्तर्गत विभिन्न वडाहरूमा गरी जम्मा ९ वटा स्वास्थ्य चौकी मध्ये ४ वटामा बर्थिङ्ग सेन्टर संचालन गरिएको छ । यस नगरपालिका अन्तर्गत कुनै अस्पताल नभएकोले गर्दा वशेषज्ञ सेवा लिनको लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा सेवा लिन सकिने छ । यस नगरपालिका अन्तर्गत रहेको पातो स्वास्थ्य चौकी तथा पत्थरगाडा स्वास्थ्य चौकीबाट एम्बुलेन्स सेवा संचालनमा रहेको छ ।

शिक्षा:
यस नगरपालिका अन्तर्गत २ उच्च माध्यमिक, ६ मा.वि., १५ प्रा.वि., १ आधारभूत विद्यालय र १ मदरसा रहेका छन् । उच्च पठन पाठन संचालनका निमित्त एस.एल.पी. उ.मा.वि. र क.च. उच्च मा.वि. रहेको छ । साथै शिक्षाको अवस्था विकासका लागि विभिन्न वडाहरूमा बार्डिङ्ग स्कूलहरू संचालनमा रहेका छन् ।

स्थापना: २०७३
जम्मा वडा: १०
जनसंख्या:
४७,७३९ (जनगणना २०७८ अनुसार)
क्षेत्रफल: ६९.११ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: कविलास, तरही, भुतही ,पातो, औरही, ब्रम्हपुर, गम्हरीया परवाहा, पत्थरगाडा र बनौला गा.वि.स.