FAQs Complain Problems

काेराेना भाइरस संक्रमण प्रतिकार सम्बन्धी हार्दिक अनुराेध

कोरोना भाइसर संक्रमण बिरुद्ध जनसहभागीतामुलक पद्दति (Unit Action Team) मार्फत जुध्दन र त्यस सम्बन्धी द्रुत सूचना संकलन गर्ने प्रणाली बारे जानकारी

 

आफ्नाे घर वा टाेलमा बिदेश (भारत लगायत) बाट आएका वा काेराेना संक्रमण सँग मिल्दाे जुल्दाे बिमारी भएकाे देखिएमा तल दिइएकाे App आफ्नाे माेबाइल (एन्ड्राेइडमा मात्र) मा डाउनलाेड गरी तुरून्त सूचना पठाउनुहाेस । तपाइले पठाउनु भएकाे सूचना स्थानीय सरकार, प्रदेश सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थाह पाउने हुनाले त्यस सम्बन्धी उचित कदम तुरून्त सुरूवात हुनेछ ।
याे कार्य टोल टाेलमा Unit Action Team बनाएर वा अगुवा व्गयक्तिले गर्न सक्ने छ ।
यस्को लागि यस म्यासेन्जरमा आएकको App डाउनलोड गरी आफ्नो मोबाइलमा Install गर्नुहोस, आफ्नो परिवार र आफ्नो टोलका घरपरिवारको सूचना भरेर पठाउनुहोस ।
१. त्यसको पहिलो खण्डमा Basic Information -ठेगाना_,
२. दोश्रो खण्डमा (Dash Board) तथ्याङ्क संकलन सुरू (START NEW SURVEY),
३. तेश्रो खण्डमा Introduction,
४. चौथो खण्डमा (घरको अवस्थिति GPS, मोबाइलको सेटिङमा गएर GPS/Location खोल्ने, Your New Location Accuracy भन्ने ठाउँमा १० भन्दा कम आए पछि RECORD थिच्ने),
५. पाचौ खण्डमा FAMILI DETAILS (पारिवारिक बिवरण),
६. छैठौ खण्डमा TRAVEL DETAIL (यात्रा सम्बन्धी बिवरण) र
७. सातौ खण्डमा THANK YOU (सूचना संकलन सम्पन्न) । यसमा यस्तो (*) चिन्ह लागेको प्रश्नको उत्तर अनिवार्य रूपमा भर्नु पर्ने छ । एउटा परिवारको सूचान संकलन सकिए पछि तपाइ Dash Board मा आउनु हुन्छ ।
८. दोश्रो चरणमा संकलित तथ्याङ्क पठाउनेसः संकलित फर्मको दाहिने तिर रहेको हरियो रंगको तिर चिन्हमा थिचेर पठाउन सकिन्छ ।
ध्यान दिनु पर्ने कुराः APP डाउनलोड गर्ने र संकलित तथ्यांक पठाउने बेलमा इन्टरनेट चहिन्छ । धेरै परिवारको सूचना संकलन गरेर एकै पटक पठाउन सकिन्छ ।

यस सम्बन्धी थप जानकारी http://covid19.robustitconcepts.com/ बाट जानकारी लिनुहाेस । 

 

Unit Action Team सम्बन्धी निर्देशिका समेत उपलव्ध छ ।
Here Concept of Unit Action Team: https://drive.google.com/…/1Zl4zBS-svbTtjHsfcCRi1YZnL…/view…

 

APK प्रयाेग सम्बन्धी Guideline यहाबाट लिनुहाेस: https://drive.google.com/…/1cIrDgLuzT2ZRqFZToGYaqkQ9l…/view…

 

यहाबाट माेबाइल APP डाउनलाेड गर्नुहाेस:

https://drive.google.com/open?id=1Ab4lpK4Cr7E_UB1H1da5F4zWn2t7llJj

आर्थिक वर्ष: