जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि-शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं । पाल्तु कुकुरहरु सडकमा नछोडौँ, घरमा नै बाँधेर राखी रेविज विरुद्धको खोप लगाऔँ । उद्योग व्यवसाय संचालन गर्दा नगरपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ । व्यवसाय संचालन भएपछि नगरपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ । नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ । घर नक्शा पास गरि ईजाजन पत्र लिएर मात्र निर्माण कार्य गरौँ । नगरपालिका क्षेत्रबाट निकृष्ट बालश्रम उन्मूलन कार्यमा सहयोग गरौँ । सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानि अपनाऔँ ।

सूचना तथा समाचार

संक्षिप्त परिचय

परिचय ः
सप्तरी जिल्लाको मध्य दक्षिण भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने यस नगरपालिका वि.सं. २०७३ सालमा पातो बजारमा केन्द्र राखी १० वटा गा.वि.स.हरू मिलेर नगरपालिकाको स्थापना गरिएको हो । पातो अवस्थित शक्तिपीठ डाक्नी माताका नामले यसको नामाकरण गरिएको छ । साविक १० गा.वि.स. हाल १० वडा, कविलासा, हरिराहा, तरही, भुतही, पातो, औरही, ब्रहमपुर, गम्हरिया प्रवाहा, पत्थरगाडा र बनौला वडामा विभाजन गरिएको हो । यस नगरपालिका कुल क्षेत्रफल ६९.११ वर्ग कि.मी. ४४,७८२ जनसंख्या रहेको छ ।

भौगोलिक ः

Pages